9779843706593

bethlehemchurch18@gmail.com

To see new updates, please follow our facebook page -

About Us

We are an independent evangelical church group. बेथलेहेम मण्डली एक स्वतन्त्र सुसमाचारवादी मण्डली हो ।

It was started by Pastor Dinesh Sunuwar at Ramechhap in 1996. Ramechhap is one of the remote villages of Nepal which is located in the east part of Kathmandu. यो रामेछाप जिल्लाको भुजी गा. वि. स. वडा नं. ३ (हाल उमाकुण्ड गाउँपालिका –७, भुजी) मा शुरूभएर हाल काठमाडा‌ैं लगायत विभिन्न जिल्लाहरूमा पनि स्थापना भएका छन् ।

Pastor Sunuwar accepted to Jesus Christ as personal savior in Kathmandu. When he knew that Jesus is savior then he went to his own village to share the gospel to his relatives. When he went there as a church planter, there was no Christian. Right now there are more than ten churches in his village itself. Within seven years he was able to establish four churches. Then slowly churches planted churches even in other villages. In the process of growth we were able to establish a church in Kathmandu in 2005. Right now we have 35 branch churches around the Nepal. Our method for church planting is encouraging churches to plant other churches. We have a Bethlehem church board to oversee all the Bethlehem churches. As a founder pastor, since 2005 Pastor Dinesh is working as a senior pastor at Bethlehem kathmandu church and president of Bethlehem church board.

यस मण्डलीको संस्थापक पास्टर धन बहादुर (दिनेश) सुनुवार हुनुहुन्छ । काठमाडौंको मण्डली पछि शुरू भएता पनि संस्थापक पास्टर दिनेश सुनुवारकै नेतृत्वमा सुरुआत भएकोले गर्दा काठमाडौंकै मण्डलीलाई केन्द्रीय तथा मुख्य मण्डलीको रूपमा मानिन्छ । यो रामेछापको भुजी – ३ मा, वि.स. २०५३ (सन् १९९६) सालमा स्थापना भएको थियो र छोटो समयमै शाखा मण्डलीहरू वृद्धि भएकोले वि. स. २०६२ (सन् २००५) सालमा काठमाडौंमा पनि स्थापना भयो । शाखा मण्डलीहरू तीब्रगतिमा वृद्धि भएकोले यसलाई बाइबलीय शिक्षा अनुरूप सञ्चालन गर्नको निम्ति पास्टरहरूको एक केन्द्रीयस्तरको सञ्चालक समिति गठन गरियो । त्यसैगरी प्रत्येक स्थानीय मण्डलीमा स्थानीय स्तरको पास्टर तथा अगुवाहरूको एक सञ्चालक समिति छ । स्थानीय मण्डलीको सञ्चालन गर्नेकाम यी स्थानीय मण्डलीले नै गर्दछन भने सम्पूर्ण मण्डलीहरूलाई एकीकृत रूपमा अगाडि बढाउने र मुख्य सवालहरू केन्द्रीय समितिले गर्दछ । केन्द्रीय समितिको सदस्यहरू केन्द्रीय मण्डलीको पास्टरको नेतृत्वमा रहन्छ ।
Download the Church Manual   Download the Church Souvenir

Vision

Our vision is to see healthy church planting movement happening everywhere which lives by the word of God. – Rev. 3:8

Mission

Our mission is to establish healthy churches around the Nepal and transform life through the process of discipleship. – Matt. 28:19-20

Value

  • 1. Evangelism and discipleship
  • 2. Guidance of the Holy Spirit
  • 3. Team work and decision
  • 4. Local leadership and development
  • 5. Partnership for the growth
  • 6. Self-sustaining, supporting, and governing
  • 7. Glory goes to God alone

मण्डलीको दर्शन

परमेश्वरको वचन अनुसार जिउने स्वस्थ मण्डली स्थापना अभियान चलिरहेको देख्नु हो (प्रकाश ३ः८) ।

मण्डलीको मिसन

नेपालको विभिन्न ठाउँमा चेला निर्माण प्रक्रियाद्वारा, जीवन रूपान्तरण र स्वस्थ मण्डली स्थापना गर्नु हो (मत्ती २८ः१९–२०) ।

मण्डलीकामूल्य–मान्यताहरू

१.मण्डलीको आधारभूतकार्य सुसमाचार प्रचार र चेला निर्माण हो । २. सेवामा पवित्र आत्माको अगुवाइ चाहिन्छ । ३. सामूहिक कार्य र निर्णयलाई महत्त्व दिँदछ । ४. स्थानीय तहका अगुवापन र निर्माणलाई महत्त्व दिँदछ । ५. मण्डली स्वचालित, स्वपालित र स्वशासित हुनुपर्दछ । ६. मण्डली वृद्धिकोलागि साझेदारी आवश्यक छ । ७. सेवाको श्रेय परमेश्वरलाई दिँदछ ।

मण्डलीको रणनीति

मण्डलीको नाम र छाप

यस मण्डलीको पहिलो नाम ‘बेथलेहेम ठिन्केपु मण्डली’ थियो । त्यसैले अरू मण्डलीहरूको नाम बेथलेहेम पछि ठाउँ वा टोलको नाम राख्ने निर्णय गरियो । कतिपटक जिल्लामा पहिलो स्थापना भएको मण्डलीलाई जिल्लाको नामपनि दिइनेछन् । ‘बेथलेहेम’ नाम बाइबलबाट ल्याइएको हो जसको अर्थ ‘रोटीको घर’भन्ने हुन्छ । यो इस्राएल देशको एक शहरको नाम पनि हो, जहाँ ख्रीष्ट येशूको जन्म भएको थियो । सबै मण्डलीको नाम एउटै भएको कारण मण्डलीको छाप पनि एउटै रहनेछ ।

मण्डलीमा हुने सङ्गतिहरु

  • १. साप्ताहिक आराधना सङ्गति
  • २. जवान सङ्गति
  • ३. किश्वर–किश्वरी (टिनएजर) सङ्गति
  • ४. बाल सङ्गति
  • ५. दिदी–बहिनी सङ्गति
  • ६. उपवास सङ्गति
  • ७. घरेलुसङ्गतिहरु
  • ८. समुदाय बाइबल अध्ययन